वि.सं: जेठ २७, २०८३
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय, नेपालगन्ज उपमहानगरपालिका–१८, कारकांदौमा अवस्थित छ । यो कार्यालय सेवाको दृष्टिले समर्पित र जनमैत्री केन्द्रको रुपमा परिचित छ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४, लुम्बिनी प्रदेशको सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० तथा लुम्बिनी प्रदेशको सालबसाली आर्थिक ऐनको पूर्ण पालना गर्दै यो कार्यालयले नयाँ सवारी चालक अनुमतिपत्र (स.चा.अ.पत्र) जारी गर्ने, नवीकरण, वर्ग थप, प्रमाणिकरण तथा प्रतिलिपि, नयाँको लिखित र नयाँ तथा थप वर्प्रग प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने लगायतका महत्वपूर्ण सेवाहरू सहज र प्रभावकारी ढंगले प्रदान गर्दै आएको छ। साथै, नयाँ सवारी दर्ता, ब्लु बुक नवीकरण, सवारी जाँचपास, रुट परमिट जारी तथा नवीकरण, सवारी कर संकलन, अस्थायी परमिट, अस्थाई पटके सेवा, दर्ता खारेजी, वितरणजस्ता सेवामार्फत नागरिकको समय र आवश्यकतालाई उच्च प्राथमिकता दिइएको छ। यस कार्यालयले पारदर्शिता, जवाफदेहिता, सेवाग्राहीमैत्री र सेवाग्राहीप्रतिको समर्पणलाई आफ्नो मूल मन्त्र बनाउँदै आएको छौं । जसले नागरिकको विश्वास जित्दै प्रदेशको यातायात क्षेत्रलाई अझ व्यवस्थित र सहज बनाउँदै लगेको छ।
सूचना अधिकारी (वरिष्ठ शाखा अधिकृत)
निमित्त कार्यालय प्रमुख
गुनासो सुन्ने अधिकारी (वरिष्ठ शाखा अधिकृत)
वरिष्ठ अधिकृत
वरिष्ठ अधिकृत
वरिष्ठ अधिकृत
वरिष्ठ अधिकृत
वरिष्ठ कम्प्यूटर अधिकृत
अधिकृत
अधिकृत
कम्प्यूटर अधिकृत
कम्प्यूटर अपरेटर
मे.सु.
मे.सु
वरिष्ठ प्रशासन
लेखापाल
सहायक कम्प्यूटर अपरेटर
सहायक कम्प्यूटर अपरेटर
कार्यालय सहयोगी
कार्यालय सहयोगी
कार्यालय सहयोगी
कार्यालय सहयोगी
ह.स.चा.
कार्यालय सहयोगी